देश

नेपाली कांग्रेसको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि परेन ।

नेपाली कांग्रेसको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि परेन ।

देश, मुख्य खबर
नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि समाबेश गरिएको छैन । नेपाली कांग्रेस उदयपुरको भदौं १८ गते सम्पन्न जिल्ला समितिको बैठकले संघ र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ११८ जनको नाम सिफारिस गरेको थियो भने संघतर्फ समानुपातिकका लागि झण्डै २ दर्जन नेताहरुको नाम सिफारिस गरेर पठाएको थियो । बैठकले उदयपुर क्षेत्र नम्बर १ बाट समानुपातिक तर्फ सत्यनारायण चौधरी, लिलाकुमारी राई, बिरेन्द्रकुमार बस्नेत, बेचुदास चौधरी, हिरालाल ठाकुर, कलावती चौधरी, सरस्वती महतरा, सत्यनारायण झा, हिरामान मोते र मोहमद इलियास मियाँको नाम सिफारिस गरेको थियोे । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फ अर्जुनकुमार खड्का, आङपाल्दे शेर्पा, नारायण बहादुर कार्की, निर्मला न्यौपाने, पार्वती राई, पदमराज कार्की, शिवकुमार कटुवाल, हरि बहादुर खड्का...
आगामी निर्वाचनमा उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका उम्मेदवारले  ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने ।

आगामी निर्वाचनमा उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने ।

देश, लाइभ खबर
निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हिजो राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हदको सुत्र अनुसार उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ का उम्मेदवारले प्रत्यक्षतर्फ ३१ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् भने प्रतिनीधि सभा क्षेत्र नम्बर २ का उम्मेदवारले प्रत्यक्षतर्फ २९ लाख रुपैयासम्म खर्च गर्न पाउने भएका छन् । त्यस्तै समानुपातिक तर्फ उम्मेदवार भएकाहरुले प्रत्येकले २ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै उदयपुरका दुबै क्षेत्रबाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार हुनेले १९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछने भने समानुपातिकमा नाम भएमा उम्मेदवारले अधिक्तम १ ल...
दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको :प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई

दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको :प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई

देश
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको बताएका छन् । आज विराटनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले ’निर्वाचन अगाडि जे प्रतिबद्धताका साथ जुन नाम राख्छु भनेर दलहरूले भोट मागे र चुनाव जिते , अहिले त्यो प्रतिबद्धताअनुसार नाम राख्न नमान्दा समस्या भएको बताएका छन् । उनले कांग्रेसले पनि पहिचान भेटिने कुरा खोजेर पछि हटेको र एमालेले किराँत कोसी प्रदेश राख्ने भनेर चुनाव जिते पनि नाम राख्ने बेलामा पछि हटेको आरोप लगाएका छन् । यस्तैे मुख्यमन्त्रीको क्षमता र असमक्षतासँग प्रदेशको नामकरणको विषय नजोडिएको मुख्यमन्त्री राईको भनाई छ ।...
राप्रपाबाट काठमाडौं क्षेत्र नं ६ ख मा सीफारीस भएका चिरागमान सिंह कुँवर को हुन ?

राप्रपाबाट काठमाडौं क्षेत्र नं ६ ख मा सीफारीस भएका चिरागमान सिंह कुँवर को हुन ?

देश, बिबिध, स्थानीय
सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा गरेसंगै काठमाण्डौ क्षेत्र न ६ ख मा पनि राप्रपा नेपालले उम्मेदवार बन्न चाहनेहरुको नाम सार्वजनिक गरेको छ । राप्रपा क्षेत्रीय समितिको बैठकले आकांसीहरुको नाम सिफारिस गरेको हो । काठमाडौं क्षेत्र नं ६ ख  मा सांसद् पदका उम्मेदवारका लागि चिरागमान सिंह कुँवरको नाम संगै राप्रपा भित्र चर्चा चुलिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका कुँवर अध्यक्ष राजेन्द्र लिङ्देल निकट मानिन्छन । तारकेश्वर निवासी कुँवर राप्रपाका बिभिन्न तहमा बसी कुशलताका साथ काम गरेरै कारण उहाँ राप्रपा , नेता तथा कार्यकर्ता माझ लोकप्रिय हुनुहुन्छ । राज संस्था र हिन्दु राज्य  पुन : स्थापनाका लागि उहाँ बिभिन्न आन्दोलनमा कृयाशिल रहनुभएको थियो । राष्ट्रबादी आन्दोलनका क्रममा पटकपटक घाइते भएका उनी र...
चितवन प्रहरीको सफलता : घटनाको २४ घण्टा नबित्दै मनि ट्रान्सफरमा डाँका गर्ने ब्यक्ति पक्राउ

चितवन प्रहरीको सफलता : घटनाको २४ घण्टा नबित्दै मनि ट्रान्सफरमा डाँका गर्ने ब्यक्ति पक्राउ

देश, बिबिध, मुख्य खबर, स्थानीय
जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टाेलिले धारिलो हतियार देखाई मनि ट्रान्सफरमा डाँका गर्ने एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नंम्बर ४ मा फनपार्क नजिक पूर्ण शंकर गौतमको घरमा सञ्चालित नारायणी मनि ट्रान्सफरमा डाँका गर्ने नवलपरासी बर्दघाट सुस्ता पुर्व घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर १६ मा डेरा गरी बस्ने ४२ बर्षीया मिनमान सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख एसपी नवराज अधिकारीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए । आरोपित सुनारले (आइतबार) दिउँसो एक बजेको समयमा मनि ट्रान्सफरको कोठाभित्र गई धारिलो हतियार दाउ जस्तो देखिने फलाम देखाई काउन्टरमा बसिरहेकी कर्मचारीहरुलाई डरत्रास देखाउदै ज्यान मार्ने धम्की समेत दिइ नगद दुई लाख चार हजार दुई सय पचास रुपैयाँ जबरजस्ती डाँका गरी लुटी फरार भएका थिए । मनि ट्रान्सर्फर लुटिएको सूचना पाउने बित्त...
काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे

काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे

देश, बिबिध, मुख्य खबर, स्थानीय
मंगसिर ४ गते हुने  प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति सन्तोष चालिसे अहिले चुनावी तयारीमा सक्रिय बनेका छन । गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर एबम नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति समेत रहेका चालिसे  पछिल्लो समय क्षेत्रको चुनावी रणनीति निर्माण र परिचालनका लागि ठोस योजना निर्माणको काममा जुटेका छन। नगर प्रमुखको जिम्मेवारी सम्हाल्दा सिघ्र निर्णय क्षमता र जनचासोको बिषयमा तत्काल प्रतिक्रिया जनाउने जनप्रतिनिधिको पहिचान निर्माण गरेका चालिसे संगठन निर्माणमा पनि उत्तिकै सक्रिय रहेका छन । गोकर्णेश्वर नगरपालिका प्रमुखको जिम्मेवारी बहन गर्दा पूर्वाधार र सामाजिक विकासलाई समानान्तर प्रथामिकतामा राखेका चालिसेले प्रतिनिधि सभा सदस्यको रुपमा क्षेत्र नं ३ का जनताले जिम्मेवारी दिएमा राष्ट्रिय राजनीतिमा पनि प्रभाबकारी भूमिका निर्वा...
हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन् : प्रमुख बालेन्द्र

हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन् : प्रमुख बालेन्द्र

देश, बिबिध, स्थानीय
काठमाडौं महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा मेयर बालेन्द्र शाहले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा लागिरहेको बताउनुभएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नभएको बताउनुभएको हो । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई आफूहरुलाई निराश नबनाउने उहाँले दावी गर्नुभएको छ । मेयर शाहले लेख्नुभएको छ– हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैंले मूल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढी अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍यौं , त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सक...
उदयपुर सामूहिक हत्या

उदयपुर सामूहिक हत्या

देश, बिबिध, स्थानीय
दयपुरमा भएको एकैपरिवारको तीनजनाको हत्या पछाडि सामान्य विवाद कारक रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले हत्याको कारण सामान्य विवाद देखिएको बताएको हो । शुक्रबार बिहान ११ बजे बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेत मृत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय, उदयपुर स्रोतका अनुसार पक्राउ परेका नरबहादुरले मृतक राजुकमारकी श्रीमती सरिता दुई/तीन वर्षदेखि आफ्नो सपनामा आएर दुःख दिने गरेको बयान दिएका छन् । ‘शुक्रबार जंगलमा घाँस काट्न गएका बेला उनले त्यसबारे राजकुमारलाई बताएछन्’ एक अनुसन्धान अधिकृतले भने, ‘उनले सरितालाई बोक्सी लागेको हुनसक्ने बताएपछि विवाद भएको देखिन्छ ।’ प्रहरीका अनुसार नातेदार समेत ...
दशैंका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्दै खाद्य कम्पनी

दशैंका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्दै खाद्य कम्पनी

देश, बिबिध, मनोरन्जन, मुख्य खबर, स्थानीय
दशैं भन्ने वित्तिकै धेरै मानिसहरुले चर्चा गर्ने पहिलो विषय हो, मासु । हुनत दशैंका धार्मिक, साँस्कृतिक महत्व बेग्लै छन् । तर, व्यवहारिकरुपमा भने टिका लगाउने र मासु खाने कुराले नै चर्चा पाउने गर्छ । त्यसैले दशैंको पूर्वसन्ध्यामा मासुको आपूर्तिबारेको चर्चा स्वभाविक हुन्छ । नेपालमा यस्ता चाडपर्व लक्षित खाद्य वस्तुहरुको आपूर्ति र व्यवस्था मिलाउने एउटा सरकारी निकाय पनि छ । त्यो हो, खाद्य व्यवस्था तथा व्यापार कम्पनी । यो कम्पनीले काठमाडौं उपत्यकामा दशैंलाई लक्षित गरेर करिब तीन हजार गोटा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले हरेक वर्ष सर्वसुलभ रुपमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको कम्पनीले यस वर्ष पनि दशैंका लागि खसीबोका ल्याउने तयारी गरेको जानकारी दिईन् । उनले भनिन्, ‘यस वर्षको दशैंका लागि हामीले तीन हजार गोट...
जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

खेलकुद, देश, बिबिध, मनोरन्जन, विदेश, स्थानीय
जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकौं समस्या आइरहेका छन् । संयुक्त राष्ट्र संघले जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण सन् २०३० सम्ममा वार्षिक ५६० विपद्का घटना झेल्नुपर्ने बताएको छ । राष्ट्र संघका अनुसार सन् २०१५ देखियता पृथ्वीले वार्षिक ४०० विपद्को सामना गरिरहेको छ । संयुक्त राष्ट्र संघको डिजास्टर रिस्क रिडक्सनको प्रतिवेदन अनुसार सन् १९७० बाट २००० को मध्यसम्म विपद्को संख्या ९०–१०० रहेको उल्लेख छ । २०३० सम्ममा लु र सुख्खापन झेल्नुपर्ने सन् २००१ को तुलनामा २०३० सम्ममा तातो हावा लु तीन गुणासम्म बढ्ने संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै सुख्खापन ३० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । भारतमा मार्च महिनाको गर्मी १२१ वर्षयताकै सबैभन्दा बढी छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् मात्रै नभई कोरोना महामारी, आर्थिक संकट र खाद्यान्नमा समेत कमी आउने अध्ययनले बताएको छ । ...