मनोरन्जन

दशैंका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्दै खाद्य कम्पनी

दशैंका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्दै खाद्य कम्पनी

देश, बिबिध, मनोरन्जन, मुख्य खबर, स्थानीय
दशैं भन्ने वित्तिकै धेरै मानिसहरुले चर्चा गर्ने पहिलो विषय हो, मासु । हुनत दशैंका धार्मिक, साँस्कृतिक महत्व बेग्लै छन् । तर, व्यवहारिकरुपमा भने टिका लगाउने र मासु खाने कुराले नै चर्चा पाउने गर्छ । त्यसैले दशैंको पूर्वसन्ध्यामा मासुको आपूर्तिबारेको चर्चा स्वभाविक हुन्छ । नेपालमा यस्ता चाडपर्व लक्षित खाद्य वस्तुहरुको आपूर्ति र व्यवस्था मिलाउने एउटा सरकारी निकाय पनि छ । त्यो हो, खाद्य व्यवस्था तथा व्यापार कम्पनी । यो कम्पनीले काठमाडौं उपत्यकामा दशैंलाई लक्षित गरेर करिब तीन हजार गोटा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले हरेक वर्ष सर्वसुलभ रुपमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको कम्पनीले यस वर्ष पनि दशैंका लागि खसीबोका ल्याउने तयारी गरेको जानकारी दिईन् । उनले भनिन्, ‘यस वर्षको दशैंका लागि हामीले तीन हजार गोट...
जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

खेलकुद, देश, बिबिध, मनोरन्जन, विदेश, स्थानीय
जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकौं समस्या आइरहेका छन् । संयुक्त राष्ट्र संघले जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण सन् २०३० सम्ममा वार्षिक ५६० विपद्का घटना झेल्नुपर्ने बताएको छ । राष्ट्र संघका अनुसार सन् २०१५ देखियता पृथ्वीले वार्षिक ४०० विपद्को सामना गरिरहेको छ । संयुक्त राष्ट्र संघको डिजास्टर रिस्क रिडक्सनको प्रतिवेदन अनुसार सन् १९७० बाट २००० को मध्यसम्म विपद्को संख्या ९०–१०० रहेको उल्लेख छ । २०३० सम्ममा लु र सुख्खापन झेल्नुपर्ने सन् २००१ को तुलनामा २०३० सम्ममा तातो हावा लु तीन गुणासम्म बढ्ने संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै सुख्खापन ३० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । भारतमा मार्च महिनाको गर्मी १२१ वर्षयताकै सबैभन्दा बढी छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् मात्रै नभई कोरोना महामारी, आर्थिक संकट र खाद्यान्नमा समेत कमी आउने अध्ययनले बताएको छ । ...
बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

खेलकुद, देश, बिबिध, मनोरन्जन, विदेश, स्थानीय
१४ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो । बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँ...