खेलकुद

हयाण्डबल टिमका सदस्यहरुको विदाई !

हयाण्डबल टिमका सदस्यहरुको विदाई !

खेलकुद, मुख्य खबर
पोखरामा हुन गईरहेको ९औ राष्ट्रिय खेलकुद प्रतियोगीतामा चौदण्डीगढी नगरपालिकाबाट प्रदेश नम्बर १ को टिममा पर्न सफल महिला हयाण्डबल टिमका सदस्यहरुलाई नगर प्रमुख कालुमान लामाले आज बिदाई गरेका छन् । चौदण्डीगढी नगरपालिकाबाट १४ जना खेलाडीहरु मध्ये १० जना पर्न सफल भएका थिए भने टिम प्रशिक्षकमा बिदुर राई र टिम ब्यस्थापकमा सुस्मिता राई रहेका छन् । नगर प्रमुख लामाले खेलाडी र प्रशिक्षक तथा ब्यबस्थापकहरुलाई खादा लगाईदिदै जीतको शुभकामना दिएका थिए । यस्तै नगर युवा तथा खेलकुद बिकास समितिका सचिवअनुपराज खत्रीले पनि प्रदेश न.१ लाई पदक दिलाउन शुभकामना व्यक्त गरेका थिए । चौदण्डीगढीबाट महिला ह्याण्डबल टिममा पर्न सफल खेलाडीहरुमा बर्षा रौका मगर, सुनिता लोहार, प्रेक्क्षा कटुवाल, सपना बस्नेत, नमिता राउत, रक्क्षा राई, उसल राई, रिजना राई, आषिका मगर र दिपा पोखरेल रहेका छन् । त्यस्तै १४ सदस्य टिममा सुमित्रा ...
दोश्रो मलिथम फुटवलको उपाधी कालिका फुटवल क्लब बेल्हालाई

दोश्रो मलिथम फुटवलको उपाधी कालिका फुटवल क्लब बेल्हालाई

खेलकुद, मुख्य खबर, लाइभ खबर, स्थानीय
मलिथम थारु सेवा समाज उदयपुरको आयोजनामा भएको दोश्रो मलिथम च्याम्पियनसिपकप २०७९ आज समपन्न भएकोे छ ।चौदन्डीगढी नगरपालिका वडा नम्बर –९ स्थित थान पोखरी मा बि को खेलमैदानमा आज भएको फाईनल खेलमा वडा नम्बर ५ को कालिका फुटवल क्लब बेल्हाले बेलका नगरपालिकाको रातापानी फुटवल क्लब लाई २–१ ले पराजित गर्दै उपाधी जितेको छ । उपाधीसंगै कालिका फुटवल क्लब बेल्हाले नगद ३० हजार रुपैयाँ सहित ट्रफी ,मेडल ,प्रमाणपत्र र उप बिजेता रातापानी फुटवल क्लबले नगद २० हजार रुपैयाँ सहित ट्रफी ,मेडल ,प्रमाणपत्र पाएको आयोजक ले जनाएको छ । यस्तै बेस्ट किपर कालिका फुटवल क्लबका राकेश चौधरी, बेस्ट डिफेन्डर कालिका फुटवल क्लबकै रोहित चौधरी र म्यान आफ दि म्याच पनि कालिका फुटवल क्लबकै एक्शन चौधरी भएका छन् । लागु औषध तथा दुर्ब्यशनि लाई निरुत्साहन गर्ने काममा टेवा पुर्याउने उद्देश्यका साथ शुरु गरिएको यस प्रतियोगितामा ...
आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको उपाधी एभिनियर क्लब क्यामरुनलाई ।

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको उपाधी एभिनियर क्लब क्यामरुनलाई ।

खेलकुद, मुख्य खबर
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा सम्पन्न आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको उपाधी अफ्रिकी खेलाडी सम्मिलित एभिनियर क्लब क्यामरुनले जितेको छ । चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको अत्यन्त रोमाञ्चक खेलमा एभिनियर क्लब क्यामरुनले चारतारे फुटवल क्लब मोरङ्गलाई ट्राईबेकरमा ४–३ ले पराजित गरेको छ । यसअघि भएको निर्धारित ८० मिनेटको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको नतिजा ट्राईबेकरबाट निर्धारण गरिएको थियो । खेलको पहिलो हाफको २ मिनेट मै एभिनियरका अब्दुल्लाहले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यतिर मोरङका खेलाडी अभिषेक लिम्बुले पनि गोल गर्दै टिमलाई बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि खेलको दोश्रो हाफको सुरुवातमै मोरङ्गले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए तर खेलको अन्तिम समयमा एभिनियरले गोल फर्काउदै टिम...
चौदण्डीगढी नगरपालिकामा सम्पन्न खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमलाई ।

चौदण्डीगढी नगरपालिकामा सम्पन्न खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमलाई ।

खेलकुद, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको रामप्रसाद राई रंगशालामा आज सम्पन्न भएको खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमले जितेको छ । आज भएको फाईनल खेलमा श्रीपञ्चमी”A” टिमले आयोजक लाङ्गघाली लाफा चौकलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । प्रतिस्पर्धात्मक खेलमा श्रीपञ्चमी”A” टिमले आफ्नो दबाब कायम नै राखेको थियो । खेलको पहिलो हाफमा ३–२ ले अगाडी रहेको श्रीपञ्चमी”A” टिमले दोश्रो हाफमा थप २ गोल गर्दै बिजेता बनेको हो । श्रीपञ्चमीको तर्फबाट आसिस राईले २ तथा बिशाल राई, सागर राई र बिश्वास राईले १–१ गोल गरेका थिए । यस्तै लाङ्गघाली लाफा चौकको तर्फबाट पवन कार्कीले २ तथा नवल तामाङ्गले १ गोल गरेको आयोजकले जनाएको छ । बिजेता भएसंगै श्रीपञ्चमी”A” टिमले अन्दाजी ३० केजीको खसी, ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता लाङ्गघाली लाफा चौकले १० केजी लोकल कुखुरा सहित ट्रफी, मेडल, प्रमा...
आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको फाइनलमा  एभिनियर क्लब क्यामरुन र चारतारे क्लव मोरङ भिड्ने ।

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको फाइनलमा एभिनियर क्लब क्यामरुन र चारतारे क्लव मोरङ भिड्ने ।

खेलकुद, मुख्य खबर
उदयपुरमा चौदण्डीगढी नगरपालिकाको बसहामा जारी आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा अफ्रिकी खेलाडी सम्मिलित एभिनियर क्लब क्यामरुन फाइनल प्रबेश गरेको छ । चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको दोश्रो सेमिफाईनल खेलमा एभिनियर क्लब क्यामरुनले जिल्ला फुटबल संघ भोजपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिला हाफमा दुबै टिमबाट गोल हुन सकेको थिएन भने खेलको दोश्रो हाफको ४८ औं मिनेटमा एभिनियर क्लब क्यामरुनका जिकाले गोल गरेका थिए । त्यसपछि थप गोल हुनसकेन भने एभिनियर क्लब क्यामरुन जिल्ला फुटबल संघ भोजपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा टाइब्रेकारमा चर्च ब्वाइज क्लव काठमाडौ लाई ३–१ गोल अन्तरले पराजित गर्दै चारतारे क्लब मोरङ बिजयी भएको थियो । अब फाईनल खेल असोज ...
नारदमुनी थुलुङ स्मृति गोल्डकपमा चार तारे कलब मोरङ फाइनलमा

नारदमुनी थुलुङ स्मृति गोल्डकपमा चार तारे कलब मोरङ फाइनलमा

खेलकुद, मुख्य खबर, लाइभ खबर, स्थानीय
आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा चारतारे क्लव मोरङ फाइनल प्रवेश गरेको छ । चौदण्डीगढी नगरपालिका ४ बसाहामा जारी फुटबल प्रतियोगितामा बिहीवार भएको खेलमा चर्च ब्वाइज क्लव काठमाडौलाई पराजित गर्दै चारतारे क्लब फाइनल प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुबै पक्ष् ले एक एक गोलको बराबरी गरेका थिए जस्मा खेलको पहिलो हाल्फको १७औं मिनेटमा चारतारे क्लब मोरङका अभिषेक लिम्बुले गोल गर्दै आफ्नो टिमलाई सरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको पहिलो हाफकै ३४औं मिनेटमा चर्च ब्वाइज क्लव काठमाडौका आशिष चौधरीले गोल गर्दै खेल लाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुबै टोलिबाट एक एक गोलको बराबरी खेलेसंगै खेल ट्राइबेकरमा गएको हो । ट्राइब्रेकारमा चर्च ब्वाइज क्लव काठमाडौ लाई ३–१ गोल अन्तरले पराजित गर्दै चारतारे क्लब मोरङ बिजयी भएर फाइनलमा प्रबेश गरेको छ । ...
आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा /  एभिनियर क्लव क्यामरुनसंग डियर क्लव तरहारा १–० ले पराजित ।

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा / एभिनियर क्लव क्यामरुनसंग डियर क्लव तरहारा १–० ले पराजित ।

खेलकुद, लाइभ खबर
उदयपुरको चौदण्ढिगढि नगरपालिका वडा नम्बर ४ बर्खेडाडामा जारि आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता हिजो भएको खेलमा अफ्रिकन खेलाडी सम्मिलित एभिनियर क्लव क्यामरुन विजयी भएको छ । एभिनियर क्लव क्यामरुन विजयी भएसंगै प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ । यसअघि भएका खेलहरुबाट चारतारे क्लब मोरङ्ग, जिल्ला फुटवल संघ भोजपुर र चर्च ब्वाइज क्लब काठमाडौ सेमिफाईनलमा प्रबेश गरिसकेका छन् । आज भएको समुह चरणको अन्तिम खेलका डियर क्लव तरहारालाई पराजित गर्दै एभिनियर क्लव क्यामरुन सेमिफाइनलमा पुगेको छ । पहिलो हाफ अत्यन्त प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले गोल गर्न सकेन भने मध्यान्तर पछि खेलको ३३ औ. मिनेटमा एभिनियर क्लब क्यम्रुनका जर्सी नं ७ का खेलाडी अब्दुल्लाह ले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि थप कुनै गोल हुन सकेन भने निर्धारित ७० मिनेटको खेलमा अब्दुल्लाको गोलनै निर्णाय...
बेल्टार ब्याडमिन्टन एकेडेमीकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल

बेल्टार ब्याडमिन्टन एकेडेमीकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल

खेलकुद, स्थानीय
बेल्टार ब्याडमिन्टन एकेडेमीकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल भएकी छिन् । भारतको गुहाटीमा आगामी सेप्टेम्बर २६ देखी ३० तारिखसम्म आयोजना हुने साउथ एसिया क्षेत्रिय जुनियर च्याम्पियनसिप प्रतियोगिता २०२२ का लागि चौदण्डीगढी नगरपालिकाकी रोजी राई राष्ट्रिय टिममा पर्न सफल भएकी हुन् ।   केही समय अघि भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको ब्याडमिन्टन खेलको प्रदेश नम्बर १ को छनौटमा पनि उनी पर्न सफल भएकी थिईन् । बेल्टार ब्याडमिन्टन एकेडेमीकी खेलाडी रहेकी राईलाई हिजो एक कार्यक्रमको आयोजना गरेर विदाई गरिएको छ । बिदाई कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका पुर्व मेयर खगेन्द्र राई, नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु मगर, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का , बेल्टार ब्याडमिन्टन एकेडेमीका प्रशिक्षक भेष बहादुर मगर, समाजसेवी उर्मिला राई लगायतको सहभागिता रहेको थियो ।...
साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

खेलकुद, बिबिध, विदेश
साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने भएका छन् । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेसँग सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो । बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा संस्करणमा नेपाल र भारतको भेट भएको छ । चार पटक फाइलनमा र एक पटक सेमिफाइनलमा नेपाल भारतसितै पराजित भएको छ । जसमा तीन खेलमा नेपालले गोल गर्दै दुई खेलमा नेपालले भारत विरुद्ध गोल गर्न सकेको छैन । पाँच पटक आमने सामने हुँदा भारतले नेपालको पोष्टमा १६ गोल गरेको छ भने नेपालले जम्मा ३ गोल मात्र फर्काएको छ । नेपाल र भारत तथा बंगलादेश र भुटानबीचको सेमिफाइनल खेल शुक्रबार हुने छ । मंगलबारको खेलमा भारतलाई हराउने क्रममा बंगलादेशका जाहान सोप्नाले २ तथा कृष...
जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

खेलकुद, देश, बिबिध, मनोरन्जन, विदेश, स्थानीय
जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकौं समस्या आइरहेका छन् । संयुक्त राष्ट्र संघले जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण सन् २०३० सम्ममा वार्षिक ५६० विपद्का घटना झेल्नुपर्ने बताएको छ । राष्ट्र संघका अनुसार सन् २०१५ देखियता पृथ्वीले वार्षिक ४०० विपद्को सामना गरिरहेको छ । संयुक्त राष्ट्र संघको डिजास्टर रिस्क रिडक्सनको प्रतिवेदन अनुसार सन् १९७० बाट २००० को मध्यसम्म विपद्को संख्या ९०–१०० रहेको उल्लेख छ । २०३० सम्ममा लु र सुख्खापन झेल्नुपर्ने सन् २००१ को तुलनामा २०३० सम्ममा तातो हावा लु तीन गुणासम्म बढ्ने संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै सुख्खापन ३० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । भारतमा मार्च महिनाको गर्मी १२१ वर्षयताकै सबैभन्दा बढी छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् मात्रै नभई कोरोना महामारी, आर्थिक संकट र खाद्यान्नमा समेत कमी आउने अध्ययनले बताएको छ । ...