लाइभ खबर

गाईघाटमा मोटर साइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृत्यु   ।

गाईघाटमा मोटर साइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृत्यु ।

लाइभ खबर, स्थानीय
उदयपुर सदरमुकाम गाईघाटमा हिजो साँझ मोटर साइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृत्यु र ३ जना घाईते भएका छन् । हिजो साँझ ७ बजे त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित मिलन चौकमा स १ ह २०७६ नम्बरको अटो लाई बगहाबाट गाईघाट तर्फ आउदै गरेको प्र.१–०५–००१ प २१८६ नम्बरको मोटर साइकलले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सवार त्रियुगा नगरपालिका १२ का दिलिप श्रेष्ठकी श्रीमती ४५ बर्षिय तुलसा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको छ । त्रियुगा नगरपालिकाका कर्मचारी समेत रहेका मोटर साइकल चालक दिलिप श्रेष्ठ घाइते भएका छन भने अटोमा भित्र रहेका त्रियुगा नगरपालिका ३ की ५० बर्षीया पुना सरि विक गम्भिर घाइते घाइते भएकी छिन् । विकको हात, खुट्टा, ढाँडमा चोट लागेको छ । यस्तै अटोमा रहेका १५ बर्षीय मनिस बराइली समेत घाइते भएका छन । घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ...
दोश्रो मलिथम फुटवलको उपाधी कालिका फुटवल क्लब बेल्हालाई

दोश्रो मलिथम फुटवलको उपाधी कालिका फुटवल क्लब बेल्हालाई

खेलकुद, मुख्य खबर, लाइभ खबर, स्थानीय
मलिथम थारु सेवा समाज उदयपुरको आयोजनामा भएको दोश्रो मलिथम च्याम्पियनसिपकप २०७९ आज समपन्न भएकोे छ ।चौदन्डीगढी नगरपालिका वडा नम्बर –९ स्थित थान पोखरी मा बि को खेलमैदानमा आज भएको फाईनल खेलमा वडा नम्बर ५ को कालिका फुटवल क्लब बेल्हाले बेलका नगरपालिकाको रातापानी फुटवल क्लब लाई २–१ ले पराजित गर्दै उपाधी जितेको छ । उपाधीसंगै कालिका फुटवल क्लब बेल्हाले नगद ३० हजार रुपैयाँ सहित ट्रफी ,मेडल ,प्रमाणपत्र र उप बिजेता रातापानी फुटवल क्लबले नगद २० हजार रुपैयाँ सहित ट्रफी ,मेडल ,प्रमाणपत्र पाएको आयोजक ले जनाएको छ । यस्तै बेस्ट किपर कालिका फुटवल क्लबका राकेश चौधरी, बेस्ट डिफेन्डर कालिका फुटवल क्लबकै रोहित चौधरी र म्यान आफ दि म्याच पनि कालिका फुटवल क्लबकै एक्शन चौधरी भएका छन् । लागु औषध तथा दुर्ब्यशनि लाई निरुत्साहन गर्ने काममा टेवा पुर्याउने उद्देश्यका साथ शुरु गरिएको यस प्रतियोगितामा ...
कुमार खड्काद्वारा उदयपुर क्षेत्र नम्बर १ क कालागि प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा ।

कुमार खड्काद्वारा उदयपुर क्षेत्र नम्बर १ क कालागि प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकामा गत स्थानीय तह निर्वाचनमा टिकट बाड्फाँड्मा असन्तुष्ट रहेर तत्कालिन माओवादी केन्द्रबाट अलग भएको समुहमा अन्य दलबाट पनि केही स्थानीय नेता तथा कार्यकर्ताहरु थपिएपछि उत्साहित भएको स्वतन्त्र नागरिक समाज चौदण्डीगढीले आज एक कार्यक्रमको आयोजना गरी प्रदेश सभाका लागि उदयपुर क्षेत्र नम्बर १ क मा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेको छ । बेल्टार बजारस्थित पुष्पलाल चौकमा भएको कार्यक्रमबाट समाजले तत्कालिन माओवादी केन्द्रका उदयपुर जिल्ला सदस्य कुमार खड्कालाई उम्मेदवारको रुपमा अघि सारेको छ । स्वतन्त्र नागरिक समाजको नाममा चौदण्डीगढी नगरपालिकामा आफ्नो संगठनलाई मजबुत बनाईरहेको यो समुहले छिमेकी बेलका नगरपालिकामा पनि त्यहाँका बिभिन्न पार्टीमा असन्तुष्ट रहेका तथा स्वतन्त्र गतिबिधी गरिरहेकाहरुलाई आफ्नो संगठनमा जोडिरहेको र चौदण्डीगढी र बेलकाका कार्यकर्ताहरुको भावनालाई समेट्दै...
आगामी निर्वाचनमा उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका उम्मेदवारले  ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने ।

आगामी निर्वाचनमा उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने ।

देश, लाइभ खबर
निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हिजो राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हदको सुत्र अनुसार उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ का उम्मेदवारले प्रत्यक्षतर्फ ३१ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् भने प्रतिनीधि सभा क्षेत्र नम्बर २ का उम्मेदवारले प्रत्यक्षतर्फ २९ लाख रुपैयासम्म खर्च गर्न पाउने भएका छन् । त्यस्तै समानुपातिक तर्फ उम्मेदवार भएकाहरुले प्रत्येकले २ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै उदयपुरका दुबै क्षेत्रबाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार हुनेले १९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछने भने समानुपातिकमा नाम भएमा उम्मेदवारले अधिक्तम १ ल...
चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर ।

चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाले स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । नगरपालिकाको गत हप्ता बसेको वोर्ड बैठकबाट अहिलेलाई स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको नगरपालिकाका प्रवक्ता एवंम् वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतले जानकारी दिएका छन् । आगामी मंसिरमा हुने प्रतिनीधि र प्रदेश सभाको निर्वाचन लागि आचारसंहिता लागू हुन केही दिनअघि मात्र नगरपालिकाले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको हो । नगर स्वास्थ्य शाखाका संयोजक श्रीकान्त चौधरीका अनुसार स्वास्थ्य शाखाका सह संयोजक तेज बहादुर पोखरेललाई नगर अस्पताल बेल्टारमा सरुवा गरिएकोे छ । त्यस्तै वडा नम्बर ४ स्थित बसहा स्वास्थ्य चौकीका लक्ष्मी चौधरीलाई स्वास्थ्य शाखाका सह संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै नगर अस्पताल बेल्टारका हेल्थ असिस्टेन्ट मदन कार्कीलाई बसहा स्वास्थ्य चौकीमा सरुवा गरिएको छ भने वडा नम्बर ८ बाट ...
नारदमुनी थुलुङ स्मृति गोल्डकपमा चार तारे कलब मोरङ फाइनलमा

नारदमुनी थुलुङ स्मृति गोल्डकपमा चार तारे कलब मोरङ फाइनलमा

खेलकुद, मुख्य खबर, लाइभ खबर, स्थानीय
आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा चारतारे क्लव मोरङ फाइनल प्रवेश गरेको छ । चौदण्डीगढी नगरपालिका ४ बसाहामा जारी फुटबल प्रतियोगितामा बिहीवार भएको खेलमा चर्च ब्वाइज क्लव काठमाडौलाई पराजित गर्दै चारतारे क्लब फाइनल प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुबै पक्ष् ले एक एक गोलको बराबरी गरेका थिए जस्मा खेलको पहिलो हाल्फको १७औं मिनेटमा चारतारे क्लब मोरङका अभिषेक लिम्बुले गोल गर्दै आफ्नो टिमलाई सरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको पहिलो हाफकै ३४औं मिनेटमा चर्च ब्वाइज क्लव काठमाडौका आशिष चौधरीले गोल गर्दै खेल लाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुबै टोलिबाट एक एक गोलको बराबरी खेलेसंगै खेल ट्राइबेकरमा गएको हो । ट्राइब्रेकारमा चर्च ब्वाइज क्लव काठमाडौ लाई ३–१ गोल अन्तरले पराजित गर्दै चारतारे क्लब मोरङ बिजयी भएर फाइनलमा प्रबेश गरेको छ । ...
आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा /  एभिनियर क्लव क्यामरुनसंग डियर क्लव तरहारा १–० ले पराजित ।

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा / एभिनियर क्लव क्यामरुनसंग डियर क्लव तरहारा १–० ले पराजित ।

खेलकुद, लाइभ खबर
उदयपुरको चौदण्ढिगढि नगरपालिका वडा नम्बर ४ बर्खेडाडामा जारि आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता हिजो भएको खेलमा अफ्रिकन खेलाडी सम्मिलित एभिनियर क्लव क्यामरुन विजयी भएको छ । एभिनियर क्लव क्यामरुन विजयी भएसंगै प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ । यसअघि भएका खेलहरुबाट चारतारे क्लब मोरङ्ग, जिल्ला फुटवल संघ भोजपुर र चर्च ब्वाइज क्लब काठमाडौ सेमिफाईनलमा प्रबेश गरिसकेका छन् । आज भएको समुह चरणको अन्तिम खेलका डियर क्लव तरहारालाई पराजित गर्दै एभिनियर क्लव क्यामरुन सेमिफाइनलमा पुगेको छ । पहिलो हाफ अत्यन्त प्रतिस्पर्धात्मक रहेको खेलमा दुबै टिमले गोल गर्न सकेन भने मध्यान्तर पछि खेलको ३३ औ. मिनेटमा एभिनियर क्लब क्यम्रुनका जर्सी नं ७ का खेलाडी अब्दुल्लाह ले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि थप कुनै गोल हुन सकेन भने निर्धारित ७० मिनेटको खेलमा अब्दुल्लाको गोलनै निर्णाय...
चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ द्वारा १०० दिनमा गरेको कामहरुको विवरण सार्वजनिक ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ द्वारा १०० दिनमा गरेको कामहरुको विवरण सार्वजनिक ।

मुख्य खबर, लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएपछि जनप्रतिनीधिहरुले १०० दिनमा गरेको कामहरुको विवरण आज सार्वजनिक गरेको छ । बेल्टार बजारस्थित वडा कार्यालयमा भएको वडामा सुचिकृत टोल बिकास संस्थाहरुलाई प्रमाणपत्र बितरण तथा वडाको १०० दिने कार्यहरुको विवरण सार्वजनिक गर्ने कार्यक्रममा वडामा सुचिकृत भएका १९ वटा टोल बिकास संस्थाहरुलाई सुचिकृतको प्रमाणपत्र वितरण गरिएको थियो भने वडाले १०० दिनको अबधीमा गरेको बिकास निमार्ण तथा क्रियाकलापको प्रतिबेदन सार्वजनिक गरेको थियो । प्रतिबेदन वाचन गर्दै वडा सदस्य आशा परियारले आफुहरु निर्वाचित भएर आए लगतै वडाका बाटोहरुको मर्मत र स्तरोन्नती गर्न ७ सय ४१ ट्याक्टर गिटी बिछ्याएको, जिर्ण अबस्थामा रहेको श्रीपञ्चमी र लामेचौरी कुलोको मर्मत सम्भार गरेको, लामेचौरी, कुमाङ्ग, देवीथान डाँडा र माटेखाडीमा स्थानीयहरुको श्र...
चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजार पुष्पलाल चौकस्थित सवारी चालकहरुको लागि धराप बनेको प्रहरी बिट अन्तः स्थान्तरण हुने

चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजार पुष्पलाल चौकस्थित सवारी चालकहरुको लागि धराप बनेको प्रहरी बिट अन्तः स्थान्तरण हुने

लाइभ खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजार पुष्पलाल चौकस्थित सवारी चालकहरुको लागि धराप बनेको प्रहरी बिट अन्तः स्थान्तरण हुने भएको छ । बीच बाटोमै भएको कारण उत्तरतिरबाट आउने र पुर्वतिरबाट आउने सवारी साधन चालकले नदेख्ने अबस्था थियो । आज बसेको बजार बिकास तथा ब्यबस्थापन समितिको बैठकले बजारमा रहेको पार्कभित्र नयाँ प्रहरी बिटको निमार्ण गर्ने निर्णय गर्दै स्थानीइ मोती श्रेष्ठको अध्यक्षतामा ७ सदस्य उपभोक्ता समिति पनि गठन गरेको छ । समितिमा सचिवमा गोबिन्द थापा, कोषाध्यक्षमा सिर्जना राई र सदस्यहरुमा तेजनारायण शाह, सुरेन्द्र ल्वागुन, ईन्द्यिरा गेलाल र राम प्रसाद साह रहेका छन् । त्यस्तै निमार्ण कार्यको अनुगमन गर्न बजार बिकास तथा ब्यबस्थापन समितिका अध्यक्ष बिकास बन्जराको संयोजनमा समिति सदस्यहरु दुर्भराज राई, साबित्रा खड्का बस्नेत र भिम बहादुर परियार रहेको अनुगमन समिति पनि निमार्ण गरेको छ । ...
चौदण्डीगढी नगरपालिकाद्वारा बजार अनुगमनलाई तिब्रता /अनुगमनको क्रममा म्याद गुज्रेका समान विक्रीको लागि राख्ने पसलहरुलाई कारबाहीे गर्ने चेतावनी ।

चौदण्डीगढी नगरपालिकाद्वारा बजार अनुगमनलाई तिब्रता /अनुगमनको क्रममा म्याद गुज्रेका समान विक्रीको लागि राख्ने पसलहरुलाई कारबाहीे गर्ने चेतावनी ।

मुख्य खबर, लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । केही दिन अघि मात्र बेल्टार बजारमो अनुगमन गरेको नगरपालिकाले आज वडा नम्बर ८ बिरेन्द्र बजारमा रहेका पसलहरुमा अनुगमन गरेको छ । नजिकिदो चाड पर्वका समयमा बजारमा हुनसक्ने अनियमिततालाई रोक्न नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको जनाएको छ । आज बजार अनुगमन टोलीका संयोजक तथा नगरपालिकाका सुचना अधिकारी सत्यनारायण हुजदारको नेतृत्वमा नेपाल प्रहरी, नगर प्रहरी तथा संचारकर्मी लगायतको संयुक्त टोलिले बजारको पसलहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा म्याद गुज्रेका समान विक्रीको लागि राख्ने पसलहरुलाई कारबाहीे गर्ने चेतावनी अनुगमन टोलिले दिएको छ भने ब्यबसाय नबिकरण गर्न, मुल्य सुची सबैले देखिने गरी राख्न, समानहरु पसल बाहिर ढल र नाला क्षेत्रभन्दा भित्र मात्र फिजाउन, प्यान नम्बर लिएर ब्यबसाय गर्न तथा ब्यबसाय दर्ता गराएर मात्र संचलन गर्न आग्रह गरेको छ । अ...