मुख्य खबर

हयाण्डबल टिमका सदस्यहरुको विदाई !

हयाण्डबल टिमका सदस्यहरुको विदाई !

खेलकुद, मुख्य खबर
पोखरामा हुन गईरहेको ९औ राष्ट्रिय खेलकुद प्रतियोगीतामा चौदण्डीगढी नगरपालिकाबाट प्रदेश नम्बर १ को टिममा पर्न सफल महिला हयाण्डबल टिमका सदस्यहरुलाई नगर प्रमुख कालुमान लामाले आज बिदाई गरेका छन् । चौदण्डीगढी नगरपालिकाबाट १४ जना खेलाडीहरु मध्ये १० जना पर्न सफल भएका थिए भने टिम प्रशिक्षकमा बिदुर राई र टिम ब्यस्थापकमा सुस्मिता राई रहेका छन् । नगर प्रमुख लामाले खेलाडी र प्रशिक्षक तथा ब्यबस्थापकहरुलाई खादा लगाईदिदै जीतको शुभकामना दिएका थिए । यस्तै नगर युवा तथा खेलकुद बिकास समितिका सचिवअनुपराज खत्रीले पनि प्रदेश न.१ लाई पदक दिलाउन शुभकामना व्यक्त गरेका थिए । चौदण्डीगढीबाट महिला ह्याण्डबल टिममा पर्न सफल खेलाडीहरुमा बर्षा रौका मगर, सुनिता लोहार, प्रेक्क्षा कटुवाल, सपना बस्नेत, नमिता राउत, रक्क्षा राई, उसल राई, रिजना राई, आषिका मगर र दिपा पोखरेल रहेका छन् । त्यस्तै १४ सदस्य टिममा सुमित्रा ...
दोश्रो मलिथम फुटवलको उपाधी कालिका फुटवल क्लब बेल्हालाई

दोश्रो मलिथम फुटवलको उपाधी कालिका फुटवल क्लब बेल्हालाई

खेलकुद, मुख्य खबर, लाइभ खबर, स्थानीय
मलिथम थारु सेवा समाज उदयपुरको आयोजनामा भएको दोश्रो मलिथम च्याम्पियनसिपकप २०७९ आज समपन्न भएकोे छ ।चौदन्डीगढी नगरपालिका वडा नम्बर –९ स्थित थान पोखरी मा बि को खेलमैदानमा आज भएको फाईनल खेलमा वडा नम्बर ५ को कालिका फुटवल क्लब बेल्हाले बेलका नगरपालिकाको रातापानी फुटवल क्लब लाई २–१ ले पराजित गर्दै उपाधी जितेको छ । उपाधीसंगै कालिका फुटवल क्लब बेल्हाले नगद ३० हजार रुपैयाँ सहित ट्रफी ,मेडल ,प्रमाणपत्र र उप बिजेता रातापानी फुटवल क्लबले नगद २० हजार रुपैयाँ सहित ट्रफी ,मेडल ,प्रमाणपत्र पाएको आयोजक ले जनाएको छ । यस्तै बेस्ट किपर कालिका फुटवल क्लबका राकेश चौधरी, बेस्ट डिफेन्डर कालिका फुटवल क्लबकै रोहित चौधरी र म्यान आफ दि म्याच पनि कालिका फुटवल क्लबकै एक्शन चौधरी भएका छन् । लागु औषध तथा दुर्ब्यशनि लाई निरुत्साहन गर्ने काममा टेवा पुर्याउने उद्देश्यका साथ शुरु गरिएको यस प्रतियोगितामा ...
नेपाली कांग्रेसको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि परेन ।

नेपाली कांग्रेसको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि परेन ।

देश, मुख्य खबर
नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि समाबेश गरिएको छैन । नेपाली कांग्रेस उदयपुरको भदौं १८ गते सम्पन्न जिल्ला समितिको बैठकले संघ र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ११८ जनको नाम सिफारिस गरेको थियो भने संघतर्फ समानुपातिकका लागि झण्डै २ दर्जन नेताहरुको नाम सिफारिस गरेर पठाएको थियो । बैठकले उदयपुर क्षेत्र नम्बर १ बाट समानुपातिक तर्फ सत्यनारायण चौधरी, लिलाकुमारी राई, बिरेन्द्रकुमार बस्नेत, बेचुदास चौधरी, हिरालाल ठाकुर, कलावती चौधरी, सरस्वती महतरा, सत्यनारायण झा, हिरामान मोते र मोहमद इलियास मियाँको नाम सिफारिस गरेको थियोे । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फ अर्जुनकुमार खड्का, आङपाल्दे शेर्पा, नारायण बहादुर कार्की, निर्मला न्यौपाने, पार्वती राई, पदमराज कार्की, शिवकुमार कटुवाल, हरि बहादुर खड्का...
आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको उपाधी एभिनियर क्लब क्यामरुनलाई ।

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको उपाधी एभिनियर क्लब क्यामरुनलाई ।

खेलकुद, मुख्य खबर
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा सम्पन्न आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको उपाधी अफ्रिकी खेलाडी सम्मिलित एभिनियर क्लब क्यामरुनले जितेको छ । चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको अत्यन्त रोमाञ्चक खेलमा एभिनियर क्लब क्यामरुनले चारतारे फुटवल क्लब मोरङ्गलाई ट्राईबेकरमा ४–३ ले पराजित गरेको छ । यसअघि भएको निर्धारित ८० मिनेटको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको नतिजा ट्राईबेकरबाट निर्धारण गरिएको थियो । खेलको पहिलो हाफको २ मिनेट मै एभिनियरका अब्दुल्लाहले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यतिर मोरङका खेलाडी अभिषेक लिम्बुले पनि गोल गर्दै टिमलाई बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि खेलको दोश्रो हाफको सुरुवातमै मोरङ्गले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए तर खेलको अन्तिम समयमा एभिनियरले गोल फर्काउदै टिम...
चौदण्डीगढी नगरपालिकामा सम्पन्न खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमलाई ।

चौदण्डीगढी नगरपालिकामा सम्पन्न खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमलाई ।

खेलकुद, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको रामप्रसाद राई रंगशालामा आज सम्पन्न भएको खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमले जितेको छ । आज भएको फाईनल खेलमा श्रीपञ्चमी”A” टिमले आयोजक लाङ्गघाली लाफा चौकलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । प्रतिस्पर्धात्मक खेलमा श्रीपञ्चमी”A” टिमले आफ्नो दबाब कायम नै राखेको थियो । खेलको पहिलो हाफमा ३–२ ले अगाडी रहेको श्रीपञ्चमी”A” टिमले दोश्रो हाफमा थप २ गोल गर्दै बिजेता बनेको हो । श्रीपञ्चमीको तर्फबाट आसिस राईले २ तथा बिशाल राई, सागर राई र बिश्वास राईले १–१ गोल गरेका थिए । यस्तै लाङ्गघाली लाफा चौकको तर्फबाट पवन कार्कीले २ तथा नवल तामाङ्गले १ गोल गरेको आयोजकले जनाएको छ । बिजेता भएसंगै श्रीपञ्चमी”A” टिमले अन्दाजी ३० केजीको खसी, ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता लाङ्गघाली लाफा चौकले १० केजी लोकल कुखुरा सहित ट्रफी, मेडल, प्रमा...
आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको फाइनलमा  एभिनियर क्लब क्यामरुन र चारतारे क्लव मोरङ भिड्ने ।

आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको फाइनलमा एभिनियर क्लब क्यामरुन र चारतारे क्लव मोरङ भिड्ने ।

खेलकुद, मुख्य खबर
उदयपुरमा चौदण्डीगढी नगरपालिकाको बसहामा जारी आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा अफ्रिकी खेलाडी सम्मिलित एभिनियर क्लब क्यामरुन फाइनल प्रबेश गरेको छ । चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको दोश्रो सेमिफाईनल खेलमा एभिनियर क्लब क्यामरुनले जिल्ला फुटबल संघ भोजपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिला हाफमा दुबै टिमबाट गोल हुन सकेको थिएन भने खेलको दोश्रो हाफको ४८ औं मिनेटमा एभिनियर क्लब क्यामरुनका जिकाले गोल गरेका थिए । त्यसपछि थप गोल हुनसकेन भने एभिनियर क्लब क्यामरुन जिल्ला फुटबल संघ भोजपुरलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा टाइब्रेकारमा चर्च ब्वाइज क्लव काठमाडौ लाई ३–१ गोल अन्तरले पराजित गर्दै चारतारे क्लब मोरङ बिजयी भएको थियो । अब फाईनल खेल असोज ...
नारदमुनी थुलुङ स्मृति गोल्डकपमा चार तारे कलब मोरङ फाइनलमा

नारदमुनी थुलुङ स्मृति गोल्डकपमा चार तारे कलब मोरङ फाइनलमा

खेलकुद, मुख्य खबर, लाइभ खबर, स्थानीय
आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा चारतारे क्लव मोरङ फाइनल प्रवेश गरेको छ । चौदण्डीगढी नगरपालिका ४ बसाहामा जारी फुटबल प्रतियोगितामा बिहीवार भएको खेलमा चर्च ब्वाइज क्लव काठमाडौलाई पराजित गर्दै चारतारे क्लब फाइनल प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुबै पक्ष् ले एक एक गोलको बराबरी गरेका थिए जस्मा खेलको पहिलो हाल्फको १७औं मिनेटमा चारतारे क्लब मोरङका अभिषेक लिम्बुले गोल गर्दै आफ्नो टिमलाई सरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको पहिलो हाफकै ३४औं मिनेटमा चर्च ब्वाइज क्लव काठमाडौका आशिष चौधरीले गोल गर्दै खेल लाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुबै टोलिबाट एक एक गोलको बराबरी खेलेसंगै खेल ट्राइबेकरमा गएको हो । ट्राइब्रेकारमा चर्च ब्वाइज क्लव काठमाडौ लाई ३–१ गोल अन्तरले पराजित गर्दै चारतारे क्लब मोरङ बिजयी भएर फाइनलमा प्रबेश गरेको छ । ...
नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघले थारु नेताहरुको नाम समानुपातिक सुचीमा नपरेको प्रति असन्तुष्टी

नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघले थारु नेताहरुको नाम समानुपातिक सुचीमा नपरेको प्रति असन्तुष्टी

मुख्य खबर, स्थानीय
नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघले आगामी प्रदेश र प्रतिनीधि सभाको निर्वाचनमा थारु नेताहरुको नाम समानुपातिक सुचीमा नपरेको प्रति असन्तुष्टी जनाएको छ । नेपाल थारु संघले हिजो एक प्रेस बिज्ञप्ती जारी गर्दै उदयपुर क्षेत्र नम्बर एकमा थारुहरुको जनसंख्या करिव एक तिहाई रहेको भएता पनि नेपाली कांग्रेस केन्दीय समितिबाट प्रतिनीधि सभा र प्रदेश सभाको गत निर्वाचनबाटै थारु उम्म्ेदवारहरुको नाम समानुपातिक र प्रत्यक्षतर्फ नसमेटिएको देखिएकोले थारु मतदाताप्रति राजनीतिक बिभेद, सामाजिक बिभेद र अन्याय गरेको ठहर गर्दै संघ र प्रदेशको समानुपातिक तर्फको बन्दसुचीमा थारु उम्मेदवारहरुको नाम समाबेश गरेर सुची सच्याउन आग्रह गरेको छ । यस्तै संघले उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ मा डाक्टर भोगेन्द्र चौधरी र प्रदेश सभा १ ख मा प्रत्यक्षतर्फ देवीकुमारी चौधरीलाई टिकट दिन पनि माग गरेको छ । ...
चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ द्वारा १०० दिनमा गरेको कामहरुको विवरण सार्वजनिक ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ द्वारा १०० दिनमा गरेको कामहरुको विवरण सार्वजनिक ।

मुख्य खबर, लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ ले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएपछि जनप्रतिनीधिहरुले १०० दिनमा गरेको कामहरुको विवरण आज सार्वजनिक गरेको छ । बेल्टार बजारस्थित वडा कार्यालयमा भएको वडामा सुचिकृत टोल बिकास संस्थाहरुलाई प्रमाणपत्र बितरण तथा वडाको १०० दिने कार्यहरुको विवरण सार्वजनिक गर्ने कार्यक्रममा वडामा सुचिकृत भएका १९ वटा टोल बिकास संस्थाहरुलाई सुचिकृतको प्रमाणपत्र वितरण गरिएको थियो भने वडाले १०० दिनको अबधीमा गरेको बिकास निमार्ण तथा क्रियाकलापको प्रतिबेदन सार्वजनिक गरेको थियो । प्रतिबेदन वाचन गर्दै वडा सदस्य आशा परियारले आफुहरु निर्वाचित भएर आए लगतै वडाका बाटोहरुको मर्मत र स्तरोन्नती गर्न ७ सय ४१ ट्याक्टर गिटी बिछ्याएको, जिर्ण अबस्थामा रहेको श्रीपञ्चमी र लामेचौरी कुलोको मर्मत सम्भार गरेको, लामेचौरी, कुमाङ्ग, देवीथान डाँडा र माटेखाडीमा स्थानीयहरुको श्र...
बेल्टार बजार ब्यबस्थापनका लागि सरोकारवालासङ बजार ब्यबस्थापन तथा बिकास समितिको छलफल ।

बेल्टार बजार ब्यबस्थापनका लागि सरोकारवालासङ बजार ब्यबस्थापन तथा बिकास समितिको छलफल ।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाले नगरको कार्यहरुलाई सहजीकरण गर्न केहीदिन अघि बनाएको समन्वय समितिहरुले आफ्नो कामलाई अगाडी बढाएको छ । यसैक्रममा बजार ब्यबस्थापन तथा बिकास समितिले आज एक कार्यक्रमको आयोजना गर्दै नगरका सरोकारवालाहरुसंग छलफल गरेको छ । बेल्टार बजारस्थित बेल्टार बसहा उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नगरको बेल्टार बजार, हडिया बजार, सिवाई बजार, शनिवारे बजार र बिरेन्द्र बजारको तत्कालिन र दिर्घकालिन बिकासको बारेमा छलफल गर्ने बताएका समितिका संयोजक बिकास बन्जराले आज मुख्यता बेल्टार बजारको बारेमा सरोकारवालाहरुसंग छलफल गरेका छन् । छलफलकाक्रममा बेल्टार बजारको बिकासका लागि नगरलाई जोड्न अन्तरपालिका र अन्तर जिल्ला सडक संजालको बिकास, बेल्टार बजारको मुख्य सडक र शाखा सडकहरुको मापदण्ड निर्धारण, वडा नम्बर ६ पुष्पलाल चौक स्थित दुर्घटनको कारण बन्न सक्ने प्रहरी विट र पुष्पलालको शालिकको उचित ब्यबस...