राप्रपाबाट काठमाडौं क्षेत्र नं ६ ख मा सीफारीस भएका चिरागमान सिंह कुँवर को हुन ?

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा गरेसंगै काठमाण्डौ क्षेत्र न ६ ख मा पनि राप्रपा नेपालले उम्मेदवार बन्न चाहनेहरुको नाम सार्वजनिक गरेको छ । राप्रपा क्षेत्रीय समितिको बैठकले आकांसीहरुको नाम सिफारिस गरेको हो ।

काठमाडौं क्षेत्र नं ६ ख  मा सांसद् पदका उम्मेदवारका लागि चिरागमान सिंह कुँवरको नाम संगै राप्रपा भित्र चर्चा चुलिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका कुँवर अध्यक्ष राजेन्द्र लिङ्देल निकट मानिन्छन ।

तारकेश्वर निवासी कुँवर राप्रपाका बिभिन्न तहमा बसी कुशलताका साथ काम गरेरै कारण उहाँ राप्रपा , नेता तथा कार्यकर्ता माझ लोकप्रिय हुनुहुन्छ ।

राज संस्था र हिन्दु राज्य  पुन : स्थापनाका लागि उहाँ बिभिन्न आन्दोलनमा कृयाशिल रहनुभएको थियो ।

राष्ट्रबादी आन्दोलनका क्रममा पटकपटक घाइते भएका उनी राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष समेत हुनुहुन्छ ।