चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजार पुष्पलाल चौकस्थित सवारी चालकहरुको लागि धराप बनेको प्रहरी बिट अन्तः स्थान्तरण हुने

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजार पुष्पलाल चौकस्थित सवारी चालकहरुको लागि धराप बनेको प्रहरी बिट अन्तः स्थान्तरण हुने भएको छ । बीच बाटोमै भएको कारण उत्तरतिरबाट आउने र पुर्वतिरबाट आउने सवारी साधन चालकले नदेख्ने अबस्था थियो । आज बसेको बजार बिकास तथा ब्यबस्थापन समितिको बैठकले बजारमा रहेको पार्कभित्र नयाँ प्रहरी बिटको निमार्ण गर्ने निर्णय गर्दै स्थानीइ मोती श्रेष्ठको अध्यक्षतामा ७ सदस्य उपभोक्ता समिति पनि गठन गरेको छ । समितिमा सचिवमा गोबिन्द थापा, कोषाध्यक्षमा सिर्जना राई र सदस्यहरुमा तेजनारायण शाह, सुरेन्द्र ल्वागुन, ईन्द्यिरा गेलाल र राम प्रसाद साह रहेका छन् । त्यस्तै निमार्ण कार्यको अनुगमन गर्न बजार बिकास तथा ब्यबस्थापन समितिका अध्यक्ष बिकास बन्जराको संयोजनमा समिति सदस्यहरु दुर्भराज राई, साबित्रा खड्का बस्नेत र भिम बहादुर परियार रहेको अनुगमन समिति पनि निमार्ण गरेको छ ।
नगरपालिकाले प्रहरी बिटको ब्यबस्थापन तथा निमार्णका लागि ५ लाख रुपैयाँ छुट्टयाएको बजार बिकास तथा ब्यबस्थापन समितिका अध्यक्ष बिकास बन्जराले जानकारी दिएका छन् । रेडियो चौदण्डीगढीले पनि पटक पटक प्रहरी बिट ब्यबस्थापनको लागि आवाज उठाउदै आएको थियो । यस्तै आज नै बजार बिकास तथा ब्यबस्थापन समितिका अध्यक्ष बिकास बन्जराको अध्यक्षतामा बसेको बैठकले यस अघि बेल्टार बसहा उद्योग बाणिज्य संघसंग सहकार्य गर्ने सहमति भएबमोजिम नगरका बजारहरुलाई ब्यबस्थित र बजार क्षेत्रलाई सफा र सुन्दर बनाउन बिभिन्न निर्णयहरु गर्दै जानकारीको लागि ब्यापारी, ब्यबसायी तथा सरोकारवालाहरुलाई जानकारी गराउन सार्वजनिक सुचना जारी गरेको छ ।
वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का र वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी, बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुन, बजार बिकास तथा ब्यबस्थापन समितिका पदाधिकारीहरु, वडा सदस्यहरु, संचारकर्मी र सरोकारवालाहरुबीचको बैठकले सार्वजनिक सुचना जारी गर्ने निर्णय गर्दै फोहर मैला जताभावी नफाल्न, होडिङ्गबोर्डहरु नगरपालिकाको अनुमति लिएर मात्र राख्न, तरकारी पसलहरु तोकिएको स्थानमा मात्र राख्न्, ठेलाबाट हुने ब्यापार दिउँसो ३ बजेदेखी बेलुका ८ बजेसम्म मात्र गर्न, ढल तथा नालीको लागि लगाइएको स्लाप छुनेगरी बनाईएका टहरा, छाप्री, पाली हटाउन र बेल्टार बजारमा लाग्ने बिहिबारे हाटको दिनबाहेक अन्य दिन सडक पेटीको भुईमा वा खाटमा फिजाएर अब्यबसिथतरुपमा पसल संचालन गर्ने कार्य रोक्न आग्रह गरेको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्