चौदण्डीगढी नगरपालिकाले स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । नगरपालिकाको गत हप्ता बसेको वोर्ड बैठकबाट अहिलेलाई स्वास्थ्य शाखाका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको नगरपालिकाका प्रवक्ता एवंम् वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतले जानकारी दिएका छन् । आगामी मंसिरमा हुने प्रतिनीधि र प्रदेश सभाको निर्वाचन लागि आचारसंहिता लागू हुन केही दिनअघि मात्र नगरपालिकाले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको हो । नगर स्वास्थ्य शाखाका संयोजक श्रीकान्त चौधरीका अनुसार स्वास्थ्य शाखाका सह संयोजक तेज बहादुर पोखरेललाई नगर अस्पताल बेल्टारमा सरुवा गरिएकोे छ । त्यस्तै वडा नम्बर ४ स्थित बसहा स्वास्थ्य चौकीका लक्ष्मी चौधरीलाई स्वास्थ्य शाखाका सह संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै नगर अस्पताल बेल्टारका हेल्थ असिस्टेन्ट मदन कार्कीलाई बसहा स्वास्थ्य चौकीमा सरुवा गरिएको छ भने वडा नम्बर ८ बाट तुलाई चौधरीलाई वडा नम्बर ५ स्थित सुन्दरपुर स्वास्थ्य चौकीमा सरुवा गरिएको छ । त्यस्तै हडिया स्वास्थ्य चौकीका जामुन रजकलाई नगर अस्पताल बेल्टार, अनमी रामकुमारी चौधरीलाई बसहा स्वास्थ्य चौकीबाट वडा न्मबर ९स्थित हडिया स्वास्थ्य चौकीमा , अनमी शारदा राउतलाई बसहा स्वास्थ्य चौकीबाट वडा नम्बर १० स्थित शहरी स्वास्थ्य केन्द्र खैराझोडा र अनमी बबिता कार्कीलाई शहरी स्वास्थ्य केन्द्र खैराझोडाबाट बसहा स्वास्थ्य चौकीमा सरुवा गरिएको संयोजक श्रीकान्त चौधरीले बताएका छन् । यसअघि पनि नगरपालिकाले नगरपालिकाका केही कर्मचारीहरुको शाखा परिवर्तन गरेको जनाउदै नगरपालिकाका प्रवक्ता प्रकाश राउतले छिमेकी नगरपालिकाहरुले कर्मचारीहरुको म्याद थप नगरी हटाउँदासमेत चौदण्डीगढी नगरपालिकाले कर्मचारीको म्याद थप गरेको र अहिले नगरपालिकाको कामकाजलाई सहज बनाउन केही कर्मचारीहरुको आन्तरिक जिम्मेवारी हेरफेर गरिएको बताएका छन् ।