हयाण्डबल टिमका सदस्यहरुको विदाई !

पोखरामा हुन गईरहेको ९औ राष्ट्रिय खेलकुद प्रतियोगीतामा चौदण्डीगढी नगरपालिकाबाट प्रदेश नम्बर १ को टिममा पर्न सफल महिला हयाण्डबल टिमका सदस्यहरुलाई नगर प्रमुख कालुमान लामाले आज बिदाई गरेका छन् । चौदण्डीगढी नगरपालिकाबाट १४ जना खेलाडीहरु मध्ये १० जना पर्न सफल भएका थिए भने टिम प्रशिक्षकमा बिदुर राई र टिम ब्यस्थापकमा सुस्मिता राई रहेका छन् । नगर प्रमुख लामाले खेलाडी र प्रशिक्षक तथा ब्यबस्थापकहरुलाई खादा लगाईदिदै जीतको शुभकामना दिएका थिए । यस्तै नगर युवा तथा खेलकुद बिकास समितिका सचिवअनुपराज खत्रीले पनि प्रदेश न.१ लाई पदक दिलाउन शुभकामना व्यक्त गरेका थिए ।
चौदण्डीगढीबाट महिला ह्याण्डबल टिममा पर्न सफल खेलाडीहरुमा बर्षा रौका मगर, सुनिता लोहार, प्रेक्क्षा कटुवाल, सपना बस्नेत, नमिता राउत, रक्क्षा राई, उसल राई, रिजना राई, आषिका मगर र दिपा पोखरेल रहेका छन् । त्यस्तै १४ सदस्य टिममा सुमित्रा राई र मेनुका बस्नेतत र मोरङ्गबाट बिनिता माझी र कल्पना शाह छनौट हुन सफल भएका छन् ।
यस्तै उदयपुरबाट प्रदेश न.१ पुरुष हयाण्डबल टिममा पर्न सफल खेलाडीहरुलाई पनि एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको छ । उदयपुरबाट पुरुष हयाण्डबल टिममा बेलका नगरपालिकाबाट ४ जना खेलाडी छनौट हुन सफल भएका छन् । बेलका नगरपालिकामा भएको कार्यक्रममा छनौट हुन सफल बेलका–४ गुरुङ्ग्चौरिका बिदुर ठकुरी र सरोज अधिकारि , बेलका –३ जगनाका बिक्रम राई र बुद्द्चौक ,नेवारटोलका रोहन श्रेष्ठलाई बिदाई गरिएको छ ।