गाईघाटमा मोटर साइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृत्यु ।

उदयपुर सदरमुकाम गाईघाटमा हिजो साँझ मोटर साइकल र अटो एक आपसमा ठोकिदा एक जनाको मृत्यु र ३ जना घाईते भएका छन् । हिजो साँझ ७ बजे त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित मिलन चौकमा स १ ह २०७६ नम्बरको अटो लाई बगहाबाट गाईघाट तर्फ आउदै गरेको प्र.१–०५–००१ प २१८६ नम्बरको मोटर साइकलले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सवार त्रियुगा नगरपालिका १२ का दिलिप श्रेष्ठकी श्रीमती ४५ बर्षिय तुलसा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको छ ।
त्रियुगा नगरपालिकाका कर्मचारी समेत रहेका मोटर साइकल चालक दिलिप श्रेष्ठ घाइते भएका छन भने अटोमा भित्र रहेका त्रियुगा नगरपालिका ३ की ५० बर्षीया पुना सरि विक गम्भिर घाइते घाइते भएकी छिन् । विकको हात, खुट्टा, ढाँडमा चोट लागेको छ । यस्तै अटोमा रहेका १५ बर्षीय मनिस बराइली समेत घाइते भएका छन । घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।