स्थानीय

जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

खेलकुद, देश, बिबिध, मनोरन्जन, विदेश, स्थानीय
जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकौं समस्या आइरहेका छन् । संयुक्त राष्ट्र संघले जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण सन् २०३० सम्ममा वार्षिक ५६० विपद्का घटना झेल्नुपर्ने बताएको छ । राष्ट्र संघका अनुसार सन् २०१५ देखियता पृथ्वीले वार्षिक ४०० विपद्को सामना गरिरहेको छ । संयुक्त राष्ट्र संघको डिजास्टर रिस्क रिडक्सनको प्रतिवेदन अनुसार सन् १९७० बाट २००० को मध्यसम्म विपद्को संख्या ९०–१०० रहेको उल्लेख छ । २०३० सम्ममा लु र सुख्खापन झेल्नुपर्ने सन् २००१ को तुलनामा २०३० सम्ममा तातो हावा लु तीन गुणासम्म बढ्ने संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै सुख्खापन ३० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । भारतमा मार्च महिनाको गर्मी १२१ वर्षयताकै सबैभन्दा बढी छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् मात्रै नभई कोरोना महामारी, आर्थिक संकट र खाद्यान्नमा समेत कमी आउने अध्ययनले बताएको छ । ...
बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

खेलकुद, देश, बिबिध, मनोरन्जन, विदेश, स्थानीय
१४ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो । बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँ...